मेयर शाहद्वारा कार्यपालिका बैठक आह्वान
  • जरूवाखबर

  • काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले कार्यपालिका बैठक आह्वान गर्नुभएको छ । आउँदो आर्थिक वर्षको बजेट प्रक्रियामा गतिरोध भइरहेको महानगरको कार्यपालिका बैठक भोलि दिउँसो २ बजेका लागि बोलाइएको हो ।

    महानगरका सञ्चार विज्ञ सुरेन्द्र बजगाईँका अनुसार कार्यपालिका बैठकअघि बिहान ११ बजे बजेट स्रोत समितिको बैठक बस्नेछ । यो बैठकलगत्तै उपमेयर सुनिता डङ्गोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ । कार्यपालिका बैठकले आउँदो आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट नगरसभामा पेश गर्ने निर्णय गर्नेछ ।

    स्थानीय सरकार सञ्चालन ऐन २०७४ को प्रावधान अनुसार पालिकाले असार मसान्तभित्र आउँदो आर्थिक वर्षको बजेट पारित गरिसक्नुपर्ने हुन्छ । देशका धेरैजसो पालिकाले बजेट सार्वजनिक गरिसक्दा काठमाण्डौ महानगरमा ढिलासुस्ती भइहेको छ ।

  • २६ असार २०८२, बिहीबार १७:४५ प्रकाशित