जोए रुटले टेस्ट क्रिकेटमा ३७औं शतक पूरा गरे
  • जरूवाखबर

  • इङ्ग्ल्यान्डका जोए रुटले टेस्ट क्रिकेटमा ३७औं शतक पूरा गरेका छन् । घरेलु मैदान लर्ड्समा भारतसँगको तेस्रो टेस्टको पहिलो पारीमा रुटले शतक बनाएका हुन् । लर्ड्समा उनको यो ८औं शतक हो ।

    योसँगै ३४ वर्षीय रुट टेस्ट क्रिकेटमा सबैभन्दा धेरै शतक बनाउने खेलाडीको पाँचौं स्थानमा उक्लिएका छन् । टेस्ट क्रिकेटमा सबैभन्दा धेरै शतक बनाउनेमा भारतका सचिन तेन्दुलकर छन् । तेन्दुलकरले ५१ वटा शतक बनाएका छन् ।

    यस्तै दक्षिण अफ्रिकाका ज्याक कालिस ४५ शतकसहित दोस्रो, अस्ट्रेलियाका रिकी पोन्टिङ ४१ शतकसहित तेस्रो र श्रीलङ्काका कुमार साङ्गाकारा ३८ शतकसहित चौथो स्थानमा छन् ।

    अहिले भारत र इङ्ग्ल्यान्डबीच पाँच खेलको टेस्ट शृङ्खला चलिरहेको हो । पहिलो खेल इङ्ग्ल्यान्डले र दोस्रो खेल भारतले जितेको थियो ।

  • २७ असार २०८२, शुक्रबार १९:०६ प्रकाशित