तेस्रो टेस्ट क्रिकेट शृङ्खलामा इङ्ल्यान्डको राम्रो शुरुवात
  • जरूवाखबर

  • इङ्ल्यान्ड र भारतबीच लड्समा चलिरहेको तेस्रो टेस्ट क्रिकेटको पहिलो दिन घरेलु टोली इङ्ल्यान्डले सन्तोषजनक प्रदर्शन गरेको छ ।

    टस जितेर ब्याटिङ रोजेको इङ्ल्यान्डले पहिलो दिनको खेल सकिँदा ४ विकेट गुमाएर २५१ रन बनाएको छ । इङ्ल्यान्डका लागि जो रुटले ९९ र कप्तान बेन स्टोक्स ३९ रनमा अविजित छन ।

    खेलको पहिलो पारीमा ओपनर बेन डकेटले २३, ज्याक क्रलीले १८, ओली पोपले ४४, र ह्यारी ब्रुकले ११ रन बनाए । भारतका नितिसकुमार रेड्डीले २ विकेट लिए, जसप्रित बुमराह र रविन्द्र जडेजाले समान १ विकेट लिए ।

    पाँच टेस्टको सिरिजमा इङ्ल्यान्ड र भारतको अहिलेसम्म १–१ को बराबरी छ । पहिलो टेस्ट इङ्ल्यान्डले जितेको थियो भने दोस्रो टेस्टमा भारत विजयी भएको थियो । तेस्रो टेस्टको खेल लड्समा जुलाई १० बाट शुरू भई जुलाई १४ चल्नेछ ।

  • २७ असार २०८२, शुक्रबार १९:०४ प्रकाशित