‘ग्रे लिस्ट’ बाट बाहिर निस्कन अनुसन्धान र कारबाही प्रभावकारी बनाइने
  • जरूवाखबर

  • राष्ट्र बैंकले नेपाललाई सम्पत्ति शुद्धीकरण मामिलामा वित्तीय कारबाही कार्यदल (फाइनान्सियल एक्सन टास्कफोर्स– एफएटीएफ) को ‘ग्रे लिस्ट’ (खैरो सूची) बाट बाहिर निकाल्न शङ्कास्पद कारोबारको निगरानी, अनुसन्धान र कारबाहीलाई प्रभावकारी बनाउने नीति लिएको छ ।

    आज सार्वजनिक भएको आउँदाे आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले नेपाललाई ग्रे लिस्टबाट चाँडो बाहिर निकाल्न कार्ययोजना अनुसार अनुसन्धान, अभियोजन र कारबाहीलाई प्रभावकारी बनाउने उल्लेख गरेको छ ।

    ‘एफएटीएफको सघन निगरानी सूची अर्थात् खैरो सूची (ग्रे लिस्ट) बाट मुक्त हुन नेपाललाई प्राप्त कार्ययोजना बमोजिमका कार्य सम्पन्न गर्न सम्बद्ध निकायबीच प्रभावकारी समन्वय गरिनेछ । राष्ट्र बैंकसँग सम्बन्धित राष्ट्रिय रणनीति तथा कार्ययोजनाको पूर्ण कार्यान्वयनका लागि निगरानी, अनुसन्धान र कारबाहीलाई थप सबल बनाइनेछ’, मौद्रिक नीतिमा भनिएको छ ।

  • २७ असार २०८२, शुक्रबार १९:१५ प्रकाशित