‘एक्का तीन’मा पूजा एक्सन अवतारमा, अन्य दुई कलाकार को ?
  • जरूवाखबर

  • गतबर्ष फिल्म ‘दान्भी’ निर्देशन गरेका निर्देशक रुपेश तामाङले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् ।

    उनले निर्देशन गर्न लागेको नयाँ फिल्मको नाम ‘एक्का तीन’ राखिएको छ । सुमन गजमेरको लेखन रहने यो फिल्मलाई सन् २०२६ मा रिलिज गर्ने घोषणा यसको निर्माणपक्षले गरेको छ ।

    फिल्मको सार्वजनिक थीम पोस्टरमा हेलिकप्टर देखिन्छ । जुना फिल्मस्को प्रस्तुतिमा तयार हुन लागेको फिल्मलाई एक्सन जनरामा निर्माण गर्न लागिएको हो । फिल्मको थीम पोस्टरमा ठूलो विष्फोट समेत भएको देख्न सकिन्छ ।

    थीम पोस्टरमा तीनजना पात्र छन् । जसमा दुई पुरुष र एक महिलालाई स्थान दिइएको छ । फिल्मको मुख्य भूमिकामा पूजा शर्माले काम गर्ने पक्का भइसकेको छ ।

  • २८ असार २०८२, शनिबार १८:२२ प्रकाशित