युट्युबले ट्रेन्डिङ हटाउने, नयाँ के आउँदैछ ?
  • जरूवाखबर

  • भिडियो साझेदारी प्लाटफर्म युट्युबले केही साताभित्रै ट्रेन्डिङ सेक्सन हटाउने घोषणा गरेको छ । ट्रेन्डिङ पृष्ठ र ट्रेन्डिङ नाउ सूची हटाउन लागेको युट्युबले जनाएको छ ।

    निश्चित विधाको सूचीमा केन्द्रित हुने भन्दै युट्युबले अहिले लोकप्रिय रहेको ट्रेन्डिङ सेक्सन हटाउन लागेको जनाएको छ । भाइरल भिडियोमा केन्द्रित हुन् युट्युबले सन् २०१५ मा ट्रेन्डिङ पृष्ठ सार्वजनिक गरेको थियो ।

    नयाँ अपडेटले सामग्रीको खोजीमा थप विविधता प्राप्त हुने युट्युबले जनाएको छ । नयाँ आउन लागेको ‘स्पेसिफिक चार्ट’मा ट्रेन्डिङ म्युजिक भिडियोज, विक्ली टप पडकस्ट सोज र ट्रेन्डिङ मूभी टेलर्स हुनेछन् । युट्यबुले निकट भविष्यमै थप खण्ड थप्ने जनाएको छ ।

    ‘चार्टमा लोकप्रिय सामग्री हाइलाइट गर्नुको साथै, हामी दर्शकलाई व्यक्तिगत सिफारिसमार्फत उनीहरूलाई मन पर्ने भिडियो देखाउन कामलाई जारी राख्नेछौं’ कम्पनीले एक ब्लग पोस्टमा भनेको छ, ‘यस तरिकाले, हामी लोकप्रिय सामग्रीको फराकिलो दायरा देखाउन सक्छौं जुन सान्दर्भिक छ, र दर्शकले पहिले नै नयाँ भिडियो कसरी फेला पार्छन् भन्ने कुरामा यो बढी स्वाभाविक लाग्छ ।’

  • २८ असार २०८२, शनिबार १८:२४ प्रकाशित