नेकपा (एकीकृत समाजवादी) र नेकपा एकता राष्ट्रिय अभियानबीच पार्टी एकता गर्ने सहमति भएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच आज पार्टी एकता गर्नेसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
सहमतिपत्रमा आउँदो साउन २ गते राष्ट्रिय सभागृहमा समारोह गरी पार्टी एकता घोषणा गर्ने उल्लेख छ । सहमतिपत्रमा दुवैको राजनीतिक सिद्धान्त मिलेको र नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उल्लेख छ ।






