काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन्। राष्ट्रपति पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबिच भेटवार्ता भए लगत्तै सो अध्यादेश जारी भएको हो।
राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेको जानकारी दिए।
मतदाता नामावली ऐन, २०७३ को दफा ४ ९२० मा निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन भन्ने उल्लेख छ। सोही प्रावधान सच्याउन अध्यादेश ल्याइएको हो।






