पोखरा । अन्तरिम सरकारले व्यापक खर्च कटौती गरेको छ । मितव्ययिता कायम गर्न भन्दै सरकारले यसअघि दिँदै आएका विभिन्न सेवा तथा सुविधामा व्यापक हेरफेर गर्दै खर्च कटौती गरेको हो ।
अन्तरिम सरकारले चालु बजेटमा व्यापकnखर्च कटौतीको निर्णय गरेको हो। अर्थमन्त्री रामेश्वर खनालले सरकारी खर्च घटाउन विभिन्न निर्णय गरेका छन्। जसअनुसार सार्वजनिक संरचनाको पुनर्निर्माण र मर्मत, सार्वजनिक सेवा सुचारु, निर्वाचन खर्च व्यवस्थापन, आर्थिक पुनरुत्थान र राहत समेतका लागि विकास आयोजनाको पुनः प्राथमिकीकरणका खर्च कटौती गरिएको हो। भदौ ६ गतेको मन्त्रिपरिषद् बैठकले अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने निर्णय गरेको हो।
सोहीअनुसार अर्थमन्त्री खनालले ३ करोडभन्दा कमका आयोजनाको रकम रोक्कादेखि विदेश भ्रमणमा कडाइसम्मका निर्णय गरेका हुन्। निर्णय कार्यान्वयन गर्न गराउनका लागि सरकारका सबै मन्त्रालय तथा निकाय, प्रदेश सरकार तथा सबै स्थानीय तहलाई पत्राचार गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ।






