पोखरा । नेपाली बजारमा नयाँ रेकर्ड बनाउँदै आज सुनको मूल्य घटेको छ। नयाँ रेकर्ड बनाउँदै सुन आज १७ सय रुपैयाँले घटेको हो। अघिल्लो दिन बुधबार १३ सय रुपैयाँले बढेर ऐतिहासिक मूल्य कायम गरेको सुन आज १७ सय रुपैयाँले घटेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख २१ हजार ३०० कायम भएको छ। अघिल्लो दिन बुधबार प्रतितोला सुन २ लाख २३ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।
यसैगरी आज चाँदीको भाउ भने घटेको छ। १५ रुपैयाँले घटेर प्रतितोला चाँदी २ हजार ६८५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। बुधबार एक तोला चाँदीको मूल्य २७ सय पुगेको थियो।






