पोखरा। तीन दशकदेखि पोखराको खेलकुद पत्रकारितामा क्रियाशील पत्रकार केशव पाठक सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्। क्लवले आफ्नो २७ ओैं साधारणसभा तथा १४ ओै अधिवेशनको अवसरमा शुक्रबार एक कार्यक्रमबीच पाठकलाई सम्मान गरेको हो ।
सहारा क्लब पोखराद्धारा प्रदान गरिने पुरस्कारको राशी नगद २५ हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्र रहेको छ । हिमश्री फुड्स प्रालिका प्रबन्ध निर्देशक प्रकाश केसीले उनलाई पुरस्कार हस्तान्तरण गरेका थिए ।
क्लबका मानार्थ सदस्य अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको बैठकले पाठकलाई सो पुरस्कार दिने निर्णय गरेको थियो ।
फुटबल मार्फत सामाजिक सेवामा क्रियाशील क्लबले खेलकुद गतिविधिलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्नेमध्ये एक जना पत्रकारलाई योगदान आधारमा बर्सेनी पुरस्कार प्रदान गर्दै आएको छ। यसरी सम्मानित हुने पाठक १९ ओै पत्रकार हुन् ।उनी प्रदेश खेलकुद परिषद् गण्डकीका निवर्तमान बोर्ड सदस्य, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका संस्थापक अध्यक्ष, गण्डकी प्रदेश ह्यान्डबल संघका अध्यक्ष हुन्।






