पोखरा । नेपाल परिवार नियोजन संघ कास्कीले बिहीबारदेखि भिडियो एक्सरे सेवा संचालनमा ल्याएको छ ।
संघका कास्की सभापति नवीन सिग्देलले एक समारोहका बीच सेवाको शुभारम्भ गरेका थिए ।
गण्डकी प्रदेश सरकारको सहयोगमा उक्त सेवा संचालनमा ल्याइएको संघले जनाएको छ । वरिष्ठ शाखा प्रबन्धक नवराज तिवारीका अनुसार सेवाग्राहिको आवश्यकतालाई मध्यनजर गर्दै सेवा संचालनमा ल्याइएको हो ।
संघले हाल परिवार नियोजन, सुरक्षित गर्भपतन, सुरक्षित मातृत्व, यौनजन्य रोगको परामर्श तथा उपचार, एच.आई.भि.परिक्षण तथा परामर्श, पाठेघरको मुखको क्यान्सर सम्बन्धि प्रारम्भिक परिक्षण तथा परामर्श, यौनिक तथा लैड्गिकतामा आधारित हिंसामा परेकालाई परामर्श तथा उपचारका साथै यौंन तथा प्रजनन् स्वास्थ्यसंग सम्वन्धित विभिन्न सेवाहरु प्रदान गर्दै आएको छ ।






