काठमाडौं । माओवादी केन्द्रले नेताहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गरेको छ। बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकले सम्पत्ति छानबिन आयोग गठन गरेको हो।
आयोगले अध्यक्षसहित पदाधिकारीबाट छानबिन सुरू गर्नेछ। ुदुई चलेको बैठकले पार्टीका नेताहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्ने निर्णय गरेको छ। आयोगले पदाधिकारीबाट छानबिन सुरू गर्ने पार्टी प्रवक्ता अग्नि सापकोटाले भने।
त्यस्तै माओवादीको केन्द्रीय कमिटी विघटन भएको छ। बैठकले केन्द्रीय कमिटी विघटन गरेर महाधिवेशन आयोजक समिति गठन गरेको छ।
पार्टी प्रवक्ता सापकोटाका अनुसार महाधिवेशन आयोजक समितिको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड तोकिएका छन्। त्यस्तै बैठकले मंसिरभित्र महाधिवेशन गर्ने निर्णय गरेको छ। महाधिवेशनमा जेनजी युवाहरूलाई अधिकतम सहभागी गराउने वातावरण बनाइने निर्णय पनि बैठकले गरेको छ।






