काँग्रेसको केन्द्रिय कार्य समिति बैठक आव्हान
  • जरूवाखबर

  • काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

    पार्टी सभापति शेरबहादुर देउवाले असोज २६ गतेका लागि बैठक बोलाएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार असोज २६ गते आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको हो।

    बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको पौडेलले बताए।

  • ११ आश्विन २०८२, शनिबार २१:५७ प्रकाशित