पोखरा । केही समययता नेपालमा डेंगु संक्रमितहरुको संख्या बढ्दोक्रममा छ ।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ‘इडीसीडी’ का अनुसार अहिले डेंगुका बिरामी ७५ वटै जिल्लामा देखिएका छन् ।
पछिल्लो २४ घण्टामा मात्र २७ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
महाशाखाका अनुसार पछिल्लो सात दिनमा १ सय ९० जना नयाँ सङ्क्रमित थपिएका छन् ।
डेंगु एडिस नामक लामखुट्टेको टोकाईबाट सर्ने यो रोगबाट बागमती प्रदेशमा सबैभन्दा धेरै ९४ जना, लुम्बिनीमा ३९, सुदूरपश्चिममा २१, गण्डकीमा १५, कोशीमा ९, कर्णालीमा ८ र मधेस प्रदेशमा ४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको महासंघले छ ।
सन् २०२५ जनवरी १ देखि हालसम्म देशभर ५ हजार ५ सय ४२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको इडीसीडीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
तथ्यांकअनुुसार गण्डकी प्रदेशमा १३ सय ५६, बागमतीमा १३ सय १४, लुम्बिनीमा ९ सय ७३, कोशीमा ७ सय ८५, सुदूरपश्चिममा ६ सय ६७, कर्णालीमा ३ सय २८ र मधेस प्रदेशमा ११९ जना सङ्क्रमित देखिएका छन् ।






