काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको असोज २६ गते बस्ने भनिएको बैठक २८ गतेलाई सरेको छ ।
शनिबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकले तयारी अपुग भएको कारण देखाउदै बैठक २८ गतेलाई सार्ने निर्णय गरेको हो ।
तीन दिनसम्म बसेको कार्यसम्पादन परामर्श समितिसहितको पदाधिकारी बैठकमा पार्टीको महाधिवेशनका विषयमा एकमत हुन नसकेपछि केन्द्रीय समिति बैठक सारिएको बुझिएको छ।
प्रवक्ता डा. प्रकाशशरण महतले असोज २६ गते निर्धारित केन्द्रीय कार्यसमितिको बैठक दुई दिन पर सार्ने निर्णय भएको जानकारी दिदै केन्द्रीय समिति बैठक अघि औपचारिक र अनौपचारिक बैठक बसेर महाधिवेशनका विषयमा साझा धारणा बनाउने र केन्द्रीय समितिमा एजेण्डा प्रस्तुत हुने बताए।
बैठकले महाधिवेशनको मिति तोक्नुका साथै पछिल्लो राजनीतिक अवस्थाका बारेमा आवश्यक निर्णय गर्ने दावी गरिएको छ ।






