निर्वाचन बारे प्रधानमन्त्री कार्कीद्धारा राजनीतिक दलसंग छलफल

तोकिएको समयमा निर्वाचन गराउन सरकार दृढ रहेको प्रम कार्कीको दावी

  • जरूवाखबर

  • काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते हुने निर्वाचनको तयारीका लागि राजनीतिक दलसँग छलफल सुरु गरेकी छन् । प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावारण बनाउन राजनीतिक दलसँग छलफल सुरु गरेकी हुन् ।
    उनले शुक्रबार माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुनसँग छलफल गरेकी छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा करिब एक घण्टा भएको भेटवार्तामा सरकार विवादास्पद काम गर्ने पक्षमा नरहेको उल्लेख गर्दै कार्कीले अरु दलसँग पनि निर्वाचनको वातावरण बनाउन कुराकानी गर्ने बताएकी छन्।

    ‘हामी अन्य दल र जेन–जीसँग पनि अन्तरक्रिया गराउँछौँ,’ कार्कीले भनिन् ‘चुनावको वातावरण बनाउन लागि अरु दललाई प्रेरित गर्छौँ ।’

    सरकार तोकिएको समयमा निर्वाचन गराउन दृढ रहेको जनाउँदै प्रधानमन्त्री कार्कीले सरकार वातावरण बनाउन प्रतिबद्ध रहेको दावी गरिन् ।

    ‘सरकारले समयमै निर्वाचन गर्छ । सरकार चुनावको पक्षमा छ कार्कीले भनिन् सरकारले चुनाव गराउँदैन कि भनेर शंका नगर्नुस् ।’ सरकारको मुख्य काम नै निर्वाचन गराउने भएको उनको भनाई थियो।

    नेताद्वय श्रेष्ठ र पुनले आफ्नो पार्टीले चुनावमा जाने निर्णय गरिसकेको र तयारीमा लागिसकेको जनाउँदै अरु पार्टीलाई चुनावमा जानका लागि आग्रह गरेका छन् ।

  • १ कार्तिक २०८२, शुक्रबार २१:४८ प्रकाशित