सामोआलाई हराउँदै नेपाललाई आइसीसीको मेडन उपाधि
  • जरूवाखबर

  • काठमाडौँ । आइसीसी टी २० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटको अन्तिम खेलमा सामोआलाई हराउँदै नेपालले प्रतियोगिताको उपाधि जितेको छ। शुक्रबार अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गरेपछि नेपाल विजेता बनेको हो ।

    नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० को आयोजनामा भएका प्रतियोगिताहरुमा जितेको यो सबैभन्दा ठूलो प्रतियोगिता हो । २०१८ को अक्टोबरमा मलेसियामा नेपालले ट्वान्टी–२० विश्वकपको एसिया छनोटका लागि आयोजित इस्टर्न क्षेत्रीय प्रतियोगिता जितेको थियो ।

    ओमानमा भइरहेको प्रतियोगिताको सुपर सिक्सको यसअघिका तीन खेल जितेर ८ अंकसहित नेपालले यसअघि नै फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा २० राष्ट्र सम्मिलित आईसीसी ट्वान्टी–२० विश्वकपमा छनोट भइसकेको थियो ।

    २०१३ मा पहिलो पटक ट्वान्टी–२० विश्वकपमा छनोट हुँदा यूएईमा भएको ग्लोबल छनोटमा तेस्रो भएको थियो । त्यसको १० वर्षपछि ट्वान्टी–२० विश्वकपमा पुनरागमन गर्नेक्रममा काठमाडौंमा भएको एसिया छनोटमा नेपाल उपविजेता भएको थियो ।

    नेपालसहित ओमान र यूएईले पनि ट्वान्टी–२० विश्वकपमा स्थान निश्चित गरिसकेका थिए । अपराजित रहि विजेता बनेर नेपालले १० अंक जोडेको हो । ओमानको ८ र यूएईको ६ अंक रह्यो । नेपालले सामोआलाई पराजित गरी ओमानलाई २ अंकले पछाडि पारेको हो ।

  • १ कार्तिक २०८२, शुक्रबार २१:२४ प्रकाशित