ललितपुर। नेपाली कांग्रेस सुधार अभियान (अन्डर ४०) ले पार्टीको केन्द्रीय कार्यालयको गेटमा ताला लगाएको छ ।
जेनजी आन्दोलनका क्रममा पार्टी कार्यालयमा आगजनी पश्चात कांग्रेस पार्टी कार्यालयमा सुरक्षा तैनाथी बढाइएको भएपनि अभियानमा संलग्न समूहले सुरक्षा घेरा तोडेर पार्टी मुख्यालयको गेटसम्म पुगेर ताला लगाएका हुन् ।
नियमित महाधिवेशन र युवाहरूको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने माग गर्दै उनीहरुले प्रदर्शनका साथै तालाबन्दी गरेका हुन्।

उनीहरूले ‘नियमित महाधिवेशन गर्न नसके, वर्तमान केन्द्रीय समिति विघटन गरियोस्!, आम कांग्रेसजन र युवाहरूको भावनालाई नजरअन्दाज नगरियोस्!’ लगायतका नारा लगाउदै प्ले कार्ड सहित प्रदर्शनमा उत्रिएका छन्।






