कांग्रेसले गर्यो दल दर्ता
काठमाडौं । नेपाली कांग्रेसले आईतबार निर्वाचन आयोगमा दल दर्ता गरेको छ । आगामी फागुन २१ गतेको आमनिर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ता गरेको हो ।
आइतबार निर्वाचन आयोगको कार्यालयमा गएर दल दर्ता गरेको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवै निर्वाचनका लागि प्रक्रिया पूरा गरिएको उनले जानकारी दिए। राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुँदै छ।
शनिबारमात्रै कांग्रेसको केन्द्रीय समिति बैठकले आगामी निर्वाचनमा सहभागी हुने निर्णय गरेको थियो। लगत्तै आइतबार कांग्रेस दल दर्ताका लागि आयोग पुगेको हो।






