काठमाडौँ । फागुन २१ गते हुन गईरहेको प्रतिनिधिसभा निर्वाचनमा भाग लिने प्रयोजनका लागि मंगलबारसम्म ८० राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन् ।
दल दर्ता हुने समय अझ एक दिन बाँकी छ । आयोगले निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूका लागि मंसिर १० गतेसम्म दल दर्ताका लागि समय दिएको छ ।
आयोगमा दर्ता रहेका दलहरूले हुन लागेको निर्वाचनमा भाग लिने प्रयोजनका लागि पुनः दर्ता निवेदन दिनुपर्ने कानुनी प्रावधान छ ।
प्रतिनिधिसभा पुनः स्थापनको पक्षमा उभिँदै आएको एमालेले पनि मंगलबार दल दर्ता गराएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि निर्वाचनमा भाग लिने जनाउ्रँदै मंगलबार नै दल दर्ताको निवेदन दिएको छ।
नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा, जसपा नेपालसहितका राजनीतिक दलहरू आयोगमा दर्ता भइसकेका छन् भने नयाँ राजनीतिक दलहरुले पनि निर्वाचनमा भाग लिने प्रयोजनका लागि आयोगमा दल दर्ता गराएका छन् ।






