पोखरा अभियानको आँखा शिविर सम्पन्न, २ सय ९६ विद्यार्थी लाभान्वित
  • जरूवाखबर

  • पोखरा । लायन्स क्लव अफ पोखरा अभियानको निःशुल्क आँखा परीक्षण शिविरबाट २ सय ९६ विद्यार्थी लाभान्वित भएका छन्।

    पोखरामहानपालिका वडा नं १४, छिनेडाँडास्थित श्री शुक्रराज बलभद्र माध्यमिक विद्यालयमा हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न सो शिविरबाट २ सय ९६ विद्यार्थी लाभान्वित भएका हुन ।

    शिविरको उद्घाटन आईपीडीजी विनोद ढुङ्गाना र द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर शैलेन्द्र मोहन भट्टराईले संयुक्त रूपमा गरेका थिए भने हिमालयन आँखा अस्पतालका प्राविधिक सुबास नेपाललाई औषधी किट हस्तान्तरण गरि कार्यक्रम सुरु गरिएको थियो।

    कार्यक्रममा बोल्दै संयोजक राजेन्द्र मानन्धरले विद्यार्थीहरूको आँखा स्वास्थ्य पहिचान र सचेतना अभिवृद्धिमा यस्तो कार्यक्रम अत्यन्तै महत्वपूर्ण हुने उल्लेख गरे।

    विद्यालयका सह–प्रधानाध्यापक दिलीप पनेरू र विद्यालय व्यवस्थापन समिति अध्यक्ष यज्ञेश्वर पोखरेलले क्लवप्रति आभारप्रकट गर्दै स्वास्थ्य परीक्षणले विद्यार्थीहरूको जीवनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे ।

    शिविरमा २ सय ९६ विद्यार्थीले आँखा परीक्षण गरेका मध्ये ७ जनालाई चश्मा र १७ जनालाई निःशुल्क औषधी वितरण गरिएको क्लवले जनाएको छ।

    क्लब अध्यक्ष विनोद राज आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साईट फर किड्स कार्यक्रमका जिल्ला कार्यकारी संयोजक मिलन के.सी.को विशेष उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन क्लवका सचिव सुशील दाहालले गरेका थिए।

  • १० मंसिर २०८२, मंगलवार १८:४७ प्रकाशित