कांग्रेसको १५औ महाधिवेशन पुस २६-२८ गते हुने
  • जरूवाखबर

  • काठमाडौँ । महिनादिन लामो छलफल र बैठकपछि अन्तत नेपाली कांग्रेसले नियमित महाधिवेशन गर्ने निर्णय गरेको छ।

    सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले नियमित महाधिवेशन गर्ने निर्णय गरेको हो ।

    बैठकले १५ औँ महाधिवेशन आगामी पुस २६,२७ र २८ गते गर्ने मिति तोकेको छ ।

    प्रवक्ता डा. प्रकाशशरण महतले दिएको जानकारी अनुसार वडा अधिवेशन पुस १६ गते, पालिका अधिवेशन पुस १७ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ गते गर्ने बैठकले निर्णय गरेको छ ।

    प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एउटा मात्र प्रतिनिधिसभा क्षेत्र भएको जिल्लामा पुस २२ गते र एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाहरुमा जिल्ला अधिवेशन पुस २२ गते गर्ने निर्णय गरेको छ । 

    यसैगरी बैठकले  पार्टीको सात प्रदेश कार्यसमितिको अधिवेशन पुस २३ र २४ गते गर्ने निर्णय गरेको छ ।

  • १६ मंसिर २०८२, सोमबार १६:०४ प्रकाशित