घट्यो नगद कारोबारको सिमा

अब ५ लाखमाथिको कारोवार अनिवार्य बैंकमार्फत गर्नु पर्ने

  • जरूवाखबर

  • काठमाडौं । सरकारले नगद कारोबारको सीमा घटाएको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नगद कारोबारको सीमा घटाएको हो ।

    बैठकले एक पटकमा ५ लाख वा सो भन्दा माथिको सेवा, वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा अनिवार्य रुपमा वित्तीय संस्था वा बैंकिङ माध्यमबाट गर्नुपर्ने गरी सीमा तोकेको छ।

    औपचारिक प्रणालीलाई बढावा दिन र पारदर्शिता अभिवृद्धिका लागि सरकारले यसरी नगद कारोबारको सीमा तोक्ने गर्छ।

    यसअघि यस्तो सीमा १० लाख रुपैयाँ बराबर थियो ।

  • १६ मंसिर २०८२, सोमबार २०:५९ प्रकाशित