कांग्रेसको क्रियाशील सदस्यता छानविन समिति संयोजकमा सह–महामन्त्री यादव
  • जरूवाखबर

  • काठमाडौँ । नेपाली कांग्रेसको १५ औं महाधिवेशनका लागि आवश्यक क्रियाशिल सदस्य नवीकरण तथा नयाँ सदस्यता सम्बन्धी उजुरी छानबीनकालागि गठित समिति संयोजकमा पार्टीका सह–महामन्त्री महेन्द्र यादवलाई मनोनयन गरिएको छ ।

    बुधबार पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक प्रेस विज्ञप्ति जारी गर्दै क्रियाशील सदस्यता केन्द्रीय छानविन समिति संयोजकमा पार्टीका सह–महामन्त्री महेन्द्र यादवलाई मनोनयन गरिएको जनाएका हुन् ।

    जारी विज्ञप्तीमा सदस्यहरुमा शिवप्रसाद हुमागाँई, प्रा.डा. गोविन्दराज पोखरेल,अजयबाबु शिवाकोटी र शान्ति परियार वि.क. लाई मनोनयन गरिएको उल्लेख छ।

  • २५ मंसिर २०८२, बुधबार २१:२९ प्रकाशित