नेपाली लेखक संघ गण्डकीको अध्यक्षमा दीपक समीप
  • जरूवाखबर

  • पोखरा । नेपाली लेखक संघ गण्डकीको अध्यक्षमा दीपक समीप निर्वाचित भएका छन् । संघको दोस्रो अधिवेशनले साहित्यकार समीपलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

    समितिको उपाध्यक्षमा कास्कीका लक्ष्मण थापा र महिला उपाध्यक्षमा कास्कीकै हिममाया पौडेल, महासचिवमा कास्कीकै सञ्जीव पौडेल, सचिवमा पर्वतका मोती च्वाईं र कोषाध्यक्षमा तनहुँका चन्द्रावती वाग्ले निर्वाचित भएका छन् ।

    यसैगरी समितिको सदस्यहरूमा रमेशमोहन भट्टराई (कास्की), केशव अमगाई (गोरखा), अम्बिकाप्रसाद भट्टराई (तनहुँ) र मणि डुम्रे (नवलपुर) रहेका छन् ।

    संघका निवर्तमान सचिव डा. गणेश शर्मा संयोजक र केन्द्रीय सदस्य अमृत क्षेत्री सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति छनोट गरेको हो ।

    कार्यक्रममा संघका निवर्तमान केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठ, केन्द्रीय सचिव मिलन समीर, गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष डा. ईश्वरमणि अधिकारी, कास्कीका संस्थापक अध्यक्ष लक्ष्मीशरण अधिकारी र निर्वाचन समितिका संयोजक डा. गणेश शर्माले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

  • २९ मंसिर २०८२, आईतवार १६:१८ प्रकाशित