नयाँ नेतृत्व चयनका लागि एमालेको मतदान आज हुदै
  • जरूवाखबर

  • काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व चयनका लागि आज मतदान हुदैछ । मङ्गलवार नै मतदान गर्ने कार्यतालिका रहे पनि प्राविधिक समस्याका कारण भन्दै आजका लागि मतदान समय सारिएको हो ।

    निर्वाचन आयोगले तयार पारेको उम्मेदवार नामावलीमा युनिकोड र प्रिति फन्ट मिश्रित रूपमा प्रयोग हुँदा समस्या देखिएपछि मतदान बुधबारका लागि सारिएको बताईएको छ ।

    नामावलीलाई पूर्ण रूपमा युनिकोडमा रूपान्तरण गरी रुजु गर्न समय लाग्ने भएपछि आयोगको निर्देशनअनुसार मतदान एक दिनका लागि स्थगित गर्नुपरेको एक सदस्यले बताए ।

    नयाँ नेतृत्व अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका छन् ।

  • २ पुष २०८२, बुधबार ०९:३१ प्रकाशित