मनोहर युवा क्लब – १४ ले तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता गर्ने
  • जरूवाखबर

  • पोखरा । मनोहर युवा क्लव पोखरा – १४ ले तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता २०८२ गर्ने भएको छ।

    मनोहर व्यायामशाला निर्माण गर्ने उद्देश्यसहित क्लवले पुस ३० गतेदेखि माघ ३ गतेसम्म भलिबल प्रतियोगिता गर्न लागेको हो ।

    प्रतियोगिता सफलतापूर्वक सञ्चालन गर्न क्लबले मूल समारोह समिति र विभिन्न उपसमितिहरू गठन गरेको छ।
    मूल समारोह समितिका संयोजकमा क्लबका अध्यक्ष शैलेश बानियाँ चयन भएका छन्।

    प्रतियोगिताको व्यवस्थापन, प्रचार–प्रसार, स्वास्थ्य, खेल मैदान व्यवस्थापन, अतिथि सत्कार, पुरस्कार वितरण लगायत उपसमितिहरू गठन गरिएको संयोजक बानियाँले जानकारी दिए ।

    प्रतियोगिताको प्रचार–प्रसार उपसमिति संयोजकमा रामजी जिसी चयन भएका छन् । प्रचारप्रसार उपसमिति सह संयोजकमा माधवप्रसाद बराल, रामजी खत्री धिताल, अदित जिसी, संजय रानाभाट, मोतिसागर अधिकारी, रीता गुरुङ, अजय क्षेत्री र किरण अधिकारीलाई चयन गरिएको संयोजक जिसीले जरुवाखबरलाई जानकारी दिए । संयोजक जिसीले प्रतियोगिता सम्पन्न भएपछि बचेको रकमले मनोहर व्यायामशाला निर्माण गर्ने जानकारी दिदै सो व्यायामशालाबाट आगामी दिनमा खेलकुद क्षेत्रमा नयाँ अवसरहरू सिर्जना गर्ने विश्वास व्यक्त  गरे ।

    यसैगरी वडा नं १४ का वडा अध्यक्ष बोधबहादुर कार्की संरक्षण जनप्रतिनिधि उपसमितिका संयोजक, जे.भी. कुँवर सल्लाहकार उपसमितिका संयोजक, मूल्याङ्कन तथा कार्य सम्पादन उपसमितिका संयोजक ललितबहादुर बानियाँ, अर्थसंकलन उपसमितिका संयोजक मोतीबहादुर बानियाँ चयन भएका छन्।

    त्यसैगरी निर्णायक उपसमितिका संयोजकमा शिवशंकर जिसी, सचिवालय÷पुरस्कार उपसमितिका संयोजक महेश्वर बानियाँ, अतिथि सत्कार उपसमितिका संयोजक दिलकुमारी जिसी ‘लक्ष्मी’, खेल मैदान व्यवस्थापन उपसमितिका संयोजक अनुप केसी, सरसफाइ व्यवस्थापन उपसमितिका संयोजक रेशम जिसी, स्वास्थ्य तथा प्राथमिक उपचार उपसमितिका संयोजक दीपा थापा, खेलाडी व्यवस्थापन उपसमितिका संयोजक ईश्वर बानियाँ चयन भएका छन् ।

    त्यसैगरी प्रतियोगिता व्यवस्थापन उपसमिति संयोजक मिलन के.सी., खाना खाजा व्यवस्थापन उपसमितिका संयोजक प्रदीप जिसी, युवा तथा स्वयंसेवक परिचालन उपसमितिका संयोजक रविन्द्र कुँवर, मञ्च तथा साउण्ड सिस्टम व्यवस्थापन उपसमितिका संयोजक अनिल कार्की र सांस्कृतिक व्यवस्थापन उपसमितिका संयोजक सविना क्षेत्री चयन भएका छन् ।

    क्लब अध्यक्ष शैलेश बानियाँका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले रु १ लाख ७५ हजार ५५५ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। द्वितीय हुने टिमले रु १ लाख १ हजार १११ सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ।

    सेमिफाइनलमा प्रवेश गर्ने अन्य दुई टिमलाई रु २० हजार र प्रमाणपत्र प्रदान गरिनेछ।

  • ३ पुष २०८२, बिहीबार ११:२६ प्रकाशित