मध्यरातमा बालेन-रविबीच सहमति

पार्टी सभापतिमा लामिछाने, भावी प्रधानमन्त्री बालेन हुने

  • जरूवाखबर

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच सहमति भएको छ।

    पार्टी सभापतिमा लामिछाने रहने र आसन्न प्रतिनिधि सभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उमेदवार बालेन शाह हुने सहमति पत्रमा उल्लेख छ ।

    पार्टी रास्वपा र चुनाव चिन्ह घण्टी नै रहने  सहमति पत्रमा उल्लेख छ।

    सात बुँदे सहमति पत्रमा लामिछाने र बालेनले हस्ताक्षर गरेका छन्। 

  • १३ पुष २०८२, आईतवार ०७:२३ प्रकाशित