पोखरा । नेपाली कांग्रेसले आउँदो निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाएको छ ।
मंगलबार मात्रै काँग्रेसले ११० उम्मेदवारको सूची बुझाएको हो । निर्वाचन आयोगले पुस १३ र १४ गतेसम्मको समय दिएको भएपनि कांग्रेसले १४ गते भौचर काटेर मंगलबारमात्रै सूची बुझाएको थियो ।
लामो समयको छलफलपछि छनौट गरिएको उक्त बन्दसूचीमा सहमहामन्त्री भीष्मराज आङ्देम्बे, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेल, पूर्वराष्ट्रपति डा.रामवरण यादवका छोरा डा.चन्द्रमोहन यादव सहित केन्द्रीय सदस्यहरु विद्यादेवी तिमिल्सिना, मानबहादुर नेपाली, गंगा शाही, हरिशरण नेपाली, सिता थपलिया ९उर्मिला०, सितादेवी देवकोटा, रुक्मिणी कोइराला, सुशीला ढकाल आचार्य, गोमाकुमारी भट्टराई छन् ।
यसैबीच गण्डकी प्रदेशबाट ११ जना बन्द सुचीमा परेका छन् । कास्की जिल्लाबाट समानुपातिक बन्द सुचीमा आईबहादुर गुरुङ र राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेल छन् । स्याङजाबाट माया राना, तनहँुबाट इन्दिरा खनाल, बाग्लुङबाट रेनुका काउचा, शकुन्तला शर्मा, पार्वती आचार्य, पर्वतबाट सिर्जना मल्ल, नवलपुरबाट संगिता घिमिरे काफ्ले, मुस्ताङबाट रोमी गौचन, गोरखाबाट जगलबहादुर बराम, नवलपुरबाट सितादेवी देवकोटा रहेका छन् ।
बन्दसूचीका ११० जनाको नामावली












