पोखरा । मन्टेश्वरी एशोसिएशन कास्कीको दशौं साधारणसभा तथा पाचौँ अधिवेशनले पोखरा २७ तालचोकमा अवस्थित लिटल गार्डेन मन्टेश्वरीका प्रिन्सिपल रीतु पौडेलको अध्यक्षतामा १३ सदस्यिय नयाँ कार्यसमिती निर्वाचित गरेको छ ।
निर्वाचित समितिको उपाध्यक्षमा हेवन्ली गार्डेन मन्टेश्वरी पोखरा १७, विरौटाका प्रिन्सिपल रीतादेवी सुवेदी, सचिवमा बुद्ध मन्टेश्वरी पोखरा १७ विरौटाका प्रिन्सिपल अप्सरा अधिकारी, कोषाध्यक्षमा पोखरा मन्टेश्वरी पोखरा १६, लामाचौरका निर्देशक थीरबहादुर थापा, सह सचिवमा प्राइम मन्टेश्वरी पोखरा ११, फुलबारीका निर्देशक बिष्णुप्रसाद घिमिरे रहेका छन् ।
सदस्यहरुमा होलील्याण्ड मन्टेश्वरी प्रि स्कुल पोखरा १७,विरौटाका प्रिन्सिपल गोमा कार्की, श्री मन्टेश्वरी प्रि प्राइमारी चाइल्ड केयर सेन्टर पोखरा ४,गणेशटोलका प्रिन्सिपल संगीता न्यौपाने, बिहानी मन्टेश्वरी प्रि स्कुल पोखरा ५,प्रस्याङ्गका प्रिन्सिपल कल्पना रेग्मी, कृस्टल इन्ट्रनेश्नल मन्टेश्वरी किण्डर वल्ड पोखरा ६,जरेबरका प्रिन्सिपल रिना पौडेल, बाल सखा मन्टेश्वरी पोखरा २५,हेम्जाका निर्देशक मोहन त्रिपाठी, बिल्स मिमोसा मन्टेश्वरी स्कुल पोखरा १२,पुरानोधाराका प्रिन्सिपल बिष्णुमाया थापा जोजिजु, अक्षेर मन्टेश्वरी पोखरा ५,मालेपाटनका प्रिन्सिपल शर्मिला ताम्राकार र ह्याप्पी किड्स मन्टेश्वरी पोखरा ३०,पावरहाउसका निर्देशक दिपक राम ढेवाजु रहेका छन् ।
नव निर्वाचित अध्यक्ष पौडेलले आफु शैक्षिक गुणस्तर कायम गर्न र सदस्य विद्यालयको हक हितकालागि लाग्ने प्रतिबद्धता व्यक्त गरिन् ।
मन्टेश्वरी एशोसिएसनमा कास्कीका ५३ वटा मन्टेश्वरी विद्यालयहरु आवद्ध रहेकाछन् ।










