काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले राजीनामा दिएका छन्। उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष बुधबार साँझ राजीनामापत्र बुझाएका हुन्।
गत भदौं ३० गते नियुक्ति लिएका घिसिङले साढे तीन महिना तीन वटा महत्त्वपूर्ण मन्त्रालय सम्हालेका थिए ।
तीन मन्त्रालयको कुशल नेतृत्व प्रदान गरेकोमा प्रधानमन्त्री कार्कीले घिसिङलाई बधाइ र धन्यवाद दिइन्। उनले आगामी राजनीतिक जीवन थप सफल रहोस् भन्दै घिसिङलाई शुभकामना पनि व्यक्त गरिन्।







