प्रतिनिधिसभाको चुनाव रुकुम पूर्वबाट लड्ने प्रचण्डको घोषणा
  • जरूवाखबर

  • काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी प्रतिनिधिसभा चुनाव रुकुम पूर्वबाट लड्ने घोषणा गरेका छन् ।

    रुकुम पश्चिममा शनिबार आयोजित पार्टीको एक कार्यक्रममा प्रचण्डले रुकुम पूर्वबाट आगामी प्रतिनिधिसभा चुनाव लड्ने घोषणा गरे ।

    प्रतिनिधिसभा चुनाव आगामी फागुन २१ का लागि तोकिएको छ ।

  • २६ पुष २०८२, शनिबार २१:४१ प्रकाशित