गगन-विश्वप्रकाश र फरमुल्लाहलाई कारवाही

पार्टीको नीति विपरीत कार्य गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी निलम्बन

  • जरूवाखबर

  • काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई कारबाही गर्ने निर्णय गरेको छ।

    पार्टी कार्यालय सानेपामा बसेको बैठकले पार्टीको नीति विपरीत कार्य गरेको भन्दै उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको हो ।

    सहमहामन्त्री मीन विश्वकर्माका अनुसार महामन्त्रीसंगै सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि कारबाही गरिएको छ। यससँगै कांग्रेस विभाजन भएको छ।

    त्यस्तै अन्य नेता-कार्यकर्ताहरूलाई पार्टीमा फिर्ता आउन आह्वान गरिएको छ।

  • १ माघ २०८२, बुधबार १६:२३ प्रकाशित