काठमाडौँ । आगामी फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभा निर्वाचन लागि मंगलबार उम्मेदवारहरूको मनोनयन दर्ताको कार्यक्रम छ ।
निर्वाचन आयोगले सोमबार उम्मेदवारहरूले मनोनयन पत्र दर्ता गर्दा संलग्न गर्नुपर्ने कागजातबारे जानकारी गराएको छ ।
उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा संलग्न गर्नुपर्ने कागजातहरू:
- नागरिकता / मतदाता परिचयपत्रको प्रतिलिपि ( उम्मेदवारको उमेर २५ वर्ष पूरा हुनुपर्ने )
- उम्मेदवार, समर्थक र प्रस्तावकहरुको मतदाता नामावलीको प्रतिलिपि / निस्सा
- प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ – अनुसूची ५ ( मनोनयनपत्र )
- प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ – अनुसूची ६ ( स्वघोषणा)
- प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ – अनुसूची ७ वा ८ (पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनको लागि राजनीतिक दलले मनोनयन गरेको औपचारिक पत्र )
- प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ – अनुसूची ९ ( सम्पत्ति विवरण फाराम )
- प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ – अनुसूची १० (उम्मेदवारको वैयक्तिक विवरण फाराम)
- उम्मेदवार आफैं उपस्थित हुन नसकेमा प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२–अनुसूची ११(प्रतिनिधि मुकरर )
- निर्वाचन आचारसंहिता, २०८२ – अनुसूची ३ ( प्रतिवद्धता पत्र )
(क) दुई प्रति पासपोर्ट साइजको फोटो
(ख) प्रतिनिधि सभा सदस्यमा उम्मेदवारीका लागि दस्तुर रु.१०,०००/– (दश हजार रुपैयाँ)
तर महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा ५० प्रतिशत छुटकाे व्यवस्था छ ।






