निर्वाचन आयोगद्धारा समानुपातिक बन्दसूची सार्वजनिक
  • जरूवाखबर

  • काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची सार्वजनिक गरेको छ । आइतबार आयोगले समानुपातिक उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको हो ।

    फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि राजनीतिक दलबाट निर्वाचन आयोगमा पेस भएका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा २५ बमोजिम आज सार्वजनिक गरी आयोगको वेबसाइट राखेको हो ।

    सार्वजनिक भएको विवरणमा ५७ निर्वाचन चिह्नमा ६३ राजनीतिक दलबाट पेस भएका ३ हजार २१३ जना उम्मेदवारको बन्दसूची प्रकाशन गरिएको छ ।

    उक्त बन्दसूचीमा नाम समावेश भएका कुनै उम्मेदवारको योग्यताको सम्बन्धमा माघ ५ देखि १० गतेसम्म बिहान १० बजेदेखि साँझ अपराह्न बजेभित्र निर्वाचन आयोग समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा दाबी विरोध गर्न चाहने मतदाताले उजुरी गर्न सकिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।

  • ६ माघ २०८२, सोमबार ००:३५ प्रकाशित