काठमाडौँ । निर्वाचन आयोगले शुक्रबार उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गर्ने भएको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले भोलि उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने जानकारी दिए।
यदी आफूले दिएको उम्मेदवारी फिर्ता लिन चाहे शुक्रबार नै उम्मेदवारहरुले नाम फिर्ता लिनसक्ने बताए ।
यस्तै स्वीकृत गरेको निर्वाचन कार्यक्रम बमोजिम उमेदवारहरुको विरुद्धमा परेको उजुरी उपर निर्वाचन अधिकृतको कार्यालयहरुबाट निर्णय भए बमोजिम चार वटा उजुरीहरु खारेज भएका जानकारी दिए। जसमा ५ जना उम्मेदवारविरुद्ध उजुरी परेको थियो । भक्तपुर २ मा दुई वटा, सुनसरी २, रौतहट १, कैलीली १ मा भने एक—एक वटा उजुरी परेका थिए ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि देशभर माघ ६ गते उम्मेदवारी मनोनयन दर्ता भएको थियो ।






