काठमाडौं : शुक्रबार नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। ९ हजार २०० रुपैयाँले बढेर एक तोला सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
नेपाल सुन- चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख १ हजार ४०० कायम भएको छ।
अघिल्लो दिन बिहीबार एक तोला सुन २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य २७० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको छ।
चाँदी प्रतितोला ५ हजार १९० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। अघिल्लो कारोबार दिन बिहीबार चाँदी प्रतितोला ५ हजार ८७० रुपैयाँमा खरिदबिक्री भएको थियो।






