सुन एक तोलाको ३ लाख नाघ्यो, ऐतिहासिक रेकर्ड कायम
  • जरूवाखबर

  • काठमाडौं : शुक्रबार नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ।  ९ हजार २०० रुपैयाँले बढेर एक तोला सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

    नेपाल सुन- चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख  १ हजार ४०० कायम भएको छ।

    अघिल्लो दिन बिहीबार एक तोला सुन  २ लाख  ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

    यसैगरी, चाँदीको मूल्य २७० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको छ।

    चाँदी प्रतितोला ५ हजार  १९० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। अघिल्लो कारोबार दिन बिहीबार चाँदी प्रतितोला ५ हजार ८७० रुपैयाँमा खरिदबिक्री भएको  थियो।

     

  • १० माघ २०८२, शुक्रबार १३:१७ प्रकाशित