काठमाडौं ।आगामी फागुन २१ गते हुन गईरहेको प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
देशभर ३ हजार ४८७ जनाको उम्मेदवारी परेकोमा शुक्रबार ४९ जनाले फिर्ता गरेका हुन् ।
निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी ४९ जनाले उम्मेदवारी फिर्ता लिएको र ५ जना उम्मेदवारविरुद्ध दाबी विरोध परेकोमा एक जनाको उम्मेदवारी खारेज भएको आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।






