कांग्रेस क्षेत्र नं १ कास्कीको चुनाव प्रचारप्रसार तीव्र
  • जरूवाखबर

  • पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ को चुनाव प्रचारप्रसार तीव्र पारिएको छ।

    उम्मेदवार तिलक रानाभाटको प्रचारप्रसारको लागि सूचना तथा सञ्चार समिति गठन गरी प्रचारको कामलाई तीव्र पारिएको  छ।

    चुनाव प्रचारप्रसारका लागि नवीन सिग्देलको संयोजकत्वमा एक समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा सन्दिप पौडेल तथा सदस्यहरूमा श्रीराम कडेल, सुदीप राज ढुङ्गाना, महेन्द्र ढुङ्गाना, परशुराम शर्मा, रक्षाबहादुर गुरुङ, कविराज खनाल लगायत रहेका छन्।

    यसैबीच प्रचारप्रसार समितिको बैठक सोमबार सम्पन्न भएको छ । बैठकमा बोल्दै नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ का सभापति राजेन्द्रमणि लामिछानेले कास्की एकका उम्मेदवार तिलक रानाभाटलाई विजयी बनाउन सबैले आआफ्नो क्षेत्रबाट प्रचार प्रसारमा जुट्नुपर्ने विचार व्यक्त गरे।

    बैठकमा नेपाली कांग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाट, क्षेत्रीय सचिव सरोज केसी, प्रदेश ‘ख’ का सभापति कृष्ण कोइराला, युवा नेता मिलनप्रसाद तिवारी लगायतले क्षेत्र नं १ बाट नेपाली कांग्रेसका उम्मेदवार तिलक रानाभाटलाई विजयी गराउन सबैलाई स्वस्फूर्त रुपमा चुनावी प्रचारप्रसारमा जुट्न  आग्रह गरे ।

    यसैबीच प्रचारप्रसार समिति संयोजक एवम् कांग्रेस कास्कीका सहसचिव नविन सिग्देलले समितिले कुशलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्ने बताए ।

  • २७ माघ २०८२, सोमबार १९:११ प्रकाशित