चार स्रष्टाको सुन्दर शब्द पुञ्ज ‘दामली अक्षर’ लोकार्पण
  • जरूवाखबर

  • पोखरा । लामो समयदेखि पोखरामा रहेर नेपाली साहित्यमा अग्रणी योगदान पुर्याउदै आईरहेका चारजना स्रष्टाको संयुक्त पुस्तक ‘दामली अक्षर’ शनिबार पोखरामा लोकार्पण गरिएको छ ।

    स्रष्टाहरु लक्ष्मण थापा, ईश्वरमणि अधिकारी, दीपक समीप र जीवन सागर भण्डारीका सुन्दर शब्दहरुको पुञ्ज पुस्तक ‘दामली अक्षर’ लोकार्पण गरिएको हो ।

    भ्यालेन्टाईन डे अर्थात प्रणय दिवसको दिन पारेर आयोजित कार्यक्रममा पुस्तक सर्जकका धर्मपत्नीहरु मैंया थापा, रीता अधिकारी ऋतु, शर्मिला श्रेष्ठ र मञ्जु भण्डारीले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका थिए ।

    शब्दालय, पोखराको प्रकाशन तथा आयोजनामा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकारहरु सरुभक्त, तीर्थ श्रेष्ठ, रमेश श्रेष्ठ र रीता अधिकारी ‘ऋतु’ले कार्यक्रमको भव्यताका साथै साहित्यिक प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।

    कार्यक्रममा पुस्तकका सर्जकहरु लक्ष्मण थापा, डा ईश्वरमणि अधिकारी, दीपक समीप र जीवन सागर भण्डारीले आ आफ्ना रचना सहित लेखन साथै प्रकाशन दौरानका सन्दर्भहरु सुनाएका थिए ।

    कार्यक्रममा सहभागि सबैको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कवि अमृत क्षेत्रीले गरेका थिए ।

     

  • २ फाल्गुन २०८२, शनिबार १७:१७ प्रकाशित