कास्की क्षेत्र नं ३ मा तेब्बर मतान्तरले रास्वपाकी विना गुरुङ विजयी
  • जरूवाखबर

  • पोखरा । प्रतिनिधिसभा सदस्या निर्वाचननमा कास्की निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’की बिना गुरुङ विजयी भएकी छन् ।

    शुक्रबार राति सम्पन्न मतगणना अनुसार गुरुङले झण्डै तेब्बर मतान्तरले जित निकालेकी हुन् ।

    विनाको ३७ हजार ७ सय ५० मत आउँदा निकटतम प्रतिश्पर्धी नेपाली काँग्रेसका मनोज गुरुङले १२ हजार ७ सय ८० मत ल्याए ।

    नेकपा एमालेका उम्मेदवार दामोदर पौडेल बैरागीले ७ हजार ९ सय ६ मत प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्जुन खनालले १ हजार ५ सय २५ मत ल्याए भने नेपाली कम्युनिष्ट पार्टीका गोपाल गिरीले १ हजार ४ सय ५६ मत पाए ।

  • २२ फाल्गुन २०८२, शुक्रबार २३:०७ प्रकाशित