पोखरा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
उनले १० हजार २ सय ४० मत ल्याएर रुकुम पूर्वबाट विजय प्राप्त गरेका हुन्।
कुल ३४ हजार ७ सय ७२ मतदाता रहेको रुकुममा जम्मा १९ हजार १ सय ५१ मत खसेको थियो ।
दाहालका प्रतिष्पर्धीका रुपमा एमालेका उम्मेदवार लिलामणि गौतमले ३ हजार ४ सय ६२ ल्याएका छन् भने कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ३ हजार ८१ मत ल्याइन् ।
विजयी पश्चात दाहालले पछिल्लो मत परिणामतर्फ लक्षित गर्दै धेरै सिट ल्याए भनेर कोही पनि हौसिन नहुने बताए ।






