पोखरा । भारी मतान्तरसहित कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’का उत्तमप्रसाद पौडेल विजयी भएका छन् ।
नेकपा एमालेको विरासत बन्दै आएको क्षेत्र नं २ मा प्रतिष्पर्धी एमालेका रश्मी आचार्यलाई २४ हजार ४१८ मतान्तरले पछि पार्दै पौडेल विजयी भएका हुन् ।
कास्की २ मा कुल ५२ हजार ५ सय १९ मत खसेकोमा पौडेलले ३१ हजार ९ सय ११ मत प्राप्त गरे । उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका रश्मि आचार्यले ७ हजार ४९३ मत प्राप्त गरे ।
नेपाली कांग्रेसका माधवप्रसाद बास्तोला मधुले ६ हजार ५ सय मत, राप्रपाका उम्मेदवार हेमजङ गुरुङ १ हजार ६ सय ४३ मत प्राप्त गरे भने नेपाली कम्युनिष्ट पार्टी नेकपाका हेमबहादुर थापा पराजुलीले १ हजार २ सय ७६ मत तथा उज्यालो नेपाल पार्टीका कुशल गुरुङले १ हजार २ सय १ मत प्राप्त गरे ।






