पोखरा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत कास्कीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले क्लिन स्वीप गरेको छ ।
कास्कीको तीनवटै क्षेत्र अन्तर्गत क्षेत्र नं १ मा खडकबहादुर पौडेल गनेश, क्षेत्र नं २ मा उत्तमप्रसात पौडेल र क्षेत्र नं ३ मा विना गुरुङको जीतसंगै रास्वपाले क्लीन स्वीप गरेको हो ।
कास्की निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका खडकराज पौडेल गनेसले भारी मतान्तरले जीत हासिल गरेका छन् । कुल ७० हजार २३६ मत खसेको यस क्षेत्रमा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका तिलक बहादुर रानाभाटलाई २८ हजार ६ सय ६९ मतान्तरले पछि पार्दै पौडेल विजयी भएका हुन्।
पौडेलले ३९ हजार ८ सय ३ मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी कांग्रेसका रानाभाटले ११ हजार २ सय १४ मत प्राप्त गरे।
नेकपा एमालेका वैनबहादुर अधिकारी क्षेत्रीले १० हजार ४ सय २९ मत र नेपाली कम्युनिस्ट पार्टी नेकपाका राजकाजी गुरुङले २ हजार ४ सय ७९ मत प्राप्त गरेका छन्।
उक्त क्षेत्रमा २ हजार ७ सय ४० मत बदर भएको छ।






