विशाल मतान्तरसहित झापा ५ मा बालेनसंग ओलीको लज्जास्पद हार
  • जरूवाखबर

  • पोखरा। प्रतिनिधि सभा निर्वाचन अन्तर्गत झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र ‘बालेन’ शाह विशाल मतसहित विजयी बनेका छन् । एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई विशाल मतान्तरले पछि पार्दै बालेन विजयी बनेका हुन् ।

    बालेन ६८ हजार ३४८ मतसहित निर्वाचित हुँदा उनका मुख्य प्रतिस्पर्धी ओली १८ हजार ७३४ मतमा सीमित भए । बालेनले ओलीलाई ४९ हजार ६१४ मतले पराजित गरेका हुन् ।

    श्रम संस्कृति पार्टीका समिर तामाङ तेस्रो स्थानमा रहे भने नेपाली कांग्रेसकी मंधरा चिमरिया चौथो स्थानमा रहिन् । समिरले ९ हजार २३३ मत प्राप्त गर्दा मंधराले १ हजार ८२१ मत गरिन् ।

    पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका बालेनसंग पटक–पटक निर्वाचित हुँदै आएका ओलीले लज्जास्पद हार व्योहोर्नु परेका हुन् ।

    यसअघि काठमाडौँ महानगरपालिकाको मेयर रहेका बालेन प्रतिनिधि सभा निर्वाचन घोषणा भएपछि राजीनामा दिएर संसदीय यात्रामा निस्केका थिए ।

  • २३ फाल्गुन २०८२, शनिबार २१:५१ प्रकाशित