पोखरा । स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार झविलाल डुम्रे निर्वाचित भएका छन् । निकटतम् प्रतिद्वन्द्वीलाई ४ हजार ५ सय २४ मतले पछाडि पार्दै २५ हजार ३ सय ५४ मत सहित डुम्रे विजयी बनेका छन् ।
कांग्रेसका भागवतप्रकाश मल्लले २० हजार ८ सय ३० मत ल्याएर उपविजेता बनेका छन् ।
यस्तै, नेकपा एमालेका उम्मेदवार खिमबहादुर थापाले १४ हजार १०८ मत ल्याएर तेस्रो भएका छन् भने, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रेशम विश्वकर्माले ८ सय ४८ मतसहित चौथो भएका छन् ।
एक लाख १७ हजार ९ सय ३० मतदाता रहेको सो क्षेत्रमा ६४ हजार ९ सय २८ मत खसेको थियो । खसेको मतमध्ये २ हजार ६ सय ६२ मत बदर भएको थियो ।
सो क्षेत्रमा १० दल र दुई स्वतन्त्रसहित १२ जना प्रतिस्पर्धामा थिए ।






