कांग्रेस राष्ट्रियसभा दल-एकताबद्ध भई जिम्मेवारीपूर्वक प्रस्तुत हुने
  • जरूवाखबर

  • काठमाडौँ । नेपाली कांग्रेस राष्ट्रियसभा दलले देशको समसामयिक राजनीतिक परिस्थितिकाबारे छलफल गर्दैआगामी दिनमा जनताको भावना अनुरूप दलको तर्फबाट राष्ट्रिय सभामा एकताबद्ध भएर सक्रिय र विशेष जिम्मेवारीपूर्वक प्रस्तुत हुने निर्णय गरेको छ ।
    बुधबार राष्ट्रिय सभाका बहालवाला र नवनिर्वाचित सदस्यहरूबिच सम्पन्न परिचयात्मक एवं अन्तरक्रिया कार्यक्रम दलले उक्त निर्णय गरेको हो ।

    सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलको तर्फबाट मिति २०८२ माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट नवनिर्वाचित माननीय सदस्यहरूलाई स्वागत गरिएको प्रमुख सचेतक कृष्णबहादुर रोकायाले जानकारी दिए ।

  • २७ फाल्गुन २०८२, बुधबार २२:१० प्रकाशित