काठमाडौं । निर्वाचन आयोगले दलहरूलाई ३ दिनभित्र समानुपातिक उम्मेदवारको नाम छनोट गर्न पत्राचार गरेको छ । आयोगले ११० सिट रहेको समानुपातिक सिट बाँडफाँड सम्पन्न गरेपछि दलहरुलाई पत्रचार गरेको हो ।
तीन दिनभित्र समानुपातिक उम्मेदवार छनोटका लागि पत्राचार गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५७ सिट, नेपाली कांग्रेसले २० सिट, नेकपा एमालेले १६ सिट, नेपाली कम्युनिस्ट पार्टीले ९ सिट, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४(४ सिट जितेको छ।
आयोगका अनुसार समानुपातिकतर्फ १ करोड १२ लाख ८० हजार ६१७ मत खसेकोमा १ करोड ८ लाख, ३५ हजार २५ मत सदर भएको थियो।






